स्थानीय चुनावमा गठबन्धनको गठजोड अनिश्चित हुँदा आउनसक्छ नौलो परिणाम
April 3, 2022

राजनीतिक दलहरुले आगामी बैसाख ३० मा हुने स्थानीय तहको चुनावका लागि तयारी तीब्र पारेका छन् । मुख्य दलहरुले केन्द्रबाटै निर्णय गरेर उम्मेदवारी सिफारिस गर्न तल्ला कमिटीहरुलाई निर्देशन दिएका छन् ।

सत्ताधारी पाँच दलले गठबन्धनबाटै उम्मेदवारी तय गर्ने प्रयास गरे पनि आन्तरिक बिबादका कारण साझा उम्मेदवारी अनिश्चित देखिएको छ भने विपक्षी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले केही स्थानहरुमा गठबन्धनको प्रयास थालेका छन् ।

विगतको स्थानीइ चुनावमा अधिकांश स्थानमा जितेको नेकपा एमालेलाई यसपल्ट पार्टी फुटका कारण कठिन अबस्था देखिएको छ भने नेकपा माओबादी केन्द्र र नेकपा समाजवादीलाई पनि आफ््ना उम्मेदवारहरुलाई विजयी गराउनु सहज छैन । सत्ताधारी नेपाली काँग्र्रेसले पहिले जितेका स्थानहरुमा आफ्नो विजय कायम गर्न सके पनि नयाँ स्थानमा जित्न माओबादी र समाजजवादीका उम्मेदवारहरुले काट्ने एमालेको मतमा भर पर्नुपर्ने अबस्था छ किनभने काँग्रेस आफैै लोकप्रिय छैन । तराईमा मुख्य जनाधारर भएका लोसपा र जसपाको पनि पहिले जस्तो मजबुत अबस्था छैन भने सीके राउतको जनमत पार्टीले मत काट्ने संभावना छ ।

कतिपय स्थानमा यसपटक नयाँ दल र स्वतन्त्र उम्मेदवारहरुले राम्रो जनमत बटुल्ने संकेत पनि देखिएको छ । खास गरी काठमाडौ महानगर लगायतका स्थानहरुमा सोचे भन्दा फरक परिणाम आउनसक्छ ।