सेयर बजारमा खरिद चाप उच्च, एकाएक किन तानिए लगानीकर्ता ?
January 9, 2022

चालु आर्थिक बर्षको अन्तिम साताको पहिलो दिनको कारोबारमा सेयर बजारमा उच्च खरिद चाप देखिएको छ । कारोबारमा आएका अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दो क्रममा नै खरिदकर्ताहरुले हात पारेका छन् ।

अघिल्ला दिनहरुको तुलनामा कारोबार रकम बढेर सात अर्ब नाघ्नु र सबै बर्गका कम्पनीहरुको सेयरमा खरिद चाप देखिनुले लगानीकर्ताहरु फेरि सेयर बजारतर्फ मोडिएका संकेत मिल्छ । यस दिन जलविद्युत कम्पनीका सेयरहरुमा लगानीकर्ताहरुले जमेर खरिद गरेका छन्, यसको कारणले जलविद्युत कम्पनीहरुको सेयर मूल्य उच्च रुपमा बढेको छ ।

पुस मसान्त सकिनै लाग्दा बैंकहरुमा तरलता सहज हुँदै गएको र लगानीका अन्य क्षेत्रहरुमा रकम प्रबाह खुम्चेर सेयर बजारतर्फ नै आएकाले खरिद चाप पेरेको आँकलन गरिएको छ ।

सात अर्ब १० करोडको कारोबार हुँदा नेप्से सूचक ७३ अंकले बढेर २७६५ नाघेको छ ।