फेरि बढ्यो गाडी भाडा
देशको खबर
April 3, 2022

सरकारले सार्वजनिक सवारी साधनहरुको भाडा फेरि बढाएको छ ।

यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको भाडा १०, मालबाहकमा १३ र तराईमा १५ प्रतिशतका दरले बढाएको छ । विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार भाडा बढाईएको जनाएको छ ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको विभागले जनाएको छ ।

संघीय सरकारले अन्तर प्रदेश सवारी भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन् ।