पेट्रोलियम पदार्थ ढुवानी कमिशनबारे नयाँ सहमति
देशको खबर
April 3, 2022

नेपाल आयल निगमसँग सहमति भएपछि पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् ।

निगम र ब्यवसायीवीच चार बुँदै सहमति भएको छ । व्यवसायीका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको छ । तीबाहेक अरु मागका बारेमा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ ।

ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने आशंकामा काठमाडौंका पेट्रोल पम्पहरुमा सवारी चालकहरुको लामो लाइन लागेको थियो ।