सम्बन्धीत समाचार
झण्डै दशकअघि बन्द भएको जनकपुर जयनगर रेल सेवा फेरि सुरु भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट शनिबार उद्घाटन गरेपछि भारतको जयनगरबाट जनकपुरतर्फ आईतबार नियमित रेल सेवा सुरु भएको हो ।
दुई बर्षदेखि धनुषाको इनर्वामा पार्किङ गरिएको नेपाली रेललाई ओढाईएको च्यातिइएको त्रिपाल निकालेर रेल संचालनमा ल्याईएको हो । कतिपय पार्टपूर्जामा खिया लागिसकेको रेललाई सिंगारेर रंगीचंगी बनाईएको थियो । शनिबार रेल जनकपुधरामसम्म आउँदा ठाउँ ठाउँमा स्थानीयले स्वागत गरेका थिए ।
दैनिक दुई पटक जयनगरदेखि कुर्थासम्म रेल संचालन हुने छ ।