जब काठमाडौंका अपार्टमेन्टहरु डुबानमा परे…
News Portal
January 10, 2019

असार, काठमाडौं । बिहीबार रातिदेखि परेका अविरल वर्षका कारण मुलुकभरका अधिकांश क्षेत्र जलमग्न बने ।

राजधानी काठमाडौंमै सबैभन्दा बढी मानवीय क्षति भयो । मुलपानीमा ३ जनाले पहिरोका कारण ज्यान गुमाए । वर्षाका कारण राजधानीका आपर्टमेन्टहरु पनि जलमग्न बने ।

कुलेश्वरको ओरियन्टर र कुलेश्वर कोलोनीमा मान्छे नै डुबाउने पानी जमेपछि सशस्त्र प्रहरीको टोली डुंगा नै लिएर उत्रियो । अपार्टमेन्टका सर्वसाधारणको सामान, ग्यास लगायतका सामग्री पनि पानीले बगाएको थियो ।

सवारीसाधान पनि डुबेका थिए । प्रहरीले त्यहाँबाट उद्दार गरेर मानिसहरुलाई सुरक्षित स्थानमा लगेको थियो ।

हेर्नुस् तस्वीरहरुः