मध्य माघसम्म विद्यालय बन्द, सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य
January 10, 2022

सरकारले ओमिक्रोन संक्रमण रोक्न मध्य माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । त्यसै गरी संक्रमण रोक्न सार्वजनिक स्थानमा खोप लगाएका मात्र जान पाउने गरी खोप कार्र्ड अनिबार्य गरेको छ ।

पुस २५ गते एकैदिन एक हजार एक सय जनामा कोरोना संक्रमण भएको पुष्टि भएको दिन सरकारले नियनत्रणका लागि प्रतित्रन्धाात्मक ब्यवस्था लागु गरेको हो ।

सरकारले सार्वजनिक स्थानहरुमा २५ जनाभन्दा बढी भेला हुन तथा सभा समारोह आयोजना गर्न बन्देज लगाएको छ ।

माघ ७ गतेदेखि सार्वजनिक स्थलहरुमा जानेले खोप कार्ड अनिवार्य रुपमा देखाउनु पर्ने भएको छ । सार्वजनिक स्थान भन्नाले कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश तथा आन्तरिक हवाई यात्रा तोकिएको छ ।

त्यसैगरी ब्यक्तिगत सुरक्षाका लागि दुरी कायम गर्ने र मास्क लगाउने, भीडभाडमा नजाने लगायतका कामहरु अरु सजगकताका साथ गर्नुपर्ने भएको छ ।