नेपालकै प्रतिस्ठीत आईएमई ग्रुप द्वारा प्रब्रधित आईएमई जनरल इन्स्योरेन्सले कम्पनीको २३ औं शाखा काठमान्डौको खिचापोखरी, सन्चालनमा ल्याएको छ। कम्पनीको उक्त शाखा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले उद्घाटन गर्नुभएको थियो। उक्त कार्यकर्ममा उहाँले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिन व्यवस्थापनलाई सुझाब सुझाव समेत दिनुभयो । कार्यक्रममा कम्पनीका संचालक समिति अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा नयाँ नौलो कार्यकर्महरु आम जनमानसमा कम्पनीलाई स्थापित गर्दै देश भरीनै शाखा सञ्जालन विस्तार गरी ग्राहकलाई सरल तथा विश्वसनिय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो।
कम्पनीले २३ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टर र प्रधान कार्यालय सहित ३६ स्थानबाट सेवा प्रदान गरिरहेको छ । कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर जारी गरि चालु आर्थिक वर्षको अन्तसम्ममा कम्पनीको चुक्ता पूंजी ९७ करोड २० लाख पुयाउने तयारि गरेको छ ।
ग्राहक बर्गको हितलाई ध्यानमा राखी कम्पनीले प्रधान कार्यालयन नक्सालबाट ३६५ दिने बीमा सेवा शुरु गरेको कुरा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले जानकारी दिनुभयो ।