प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट सुरु
January 10, 2022

पहिलो प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिता काठमाडौमा सुरूभएको छ ।

प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा हुँँदैछन् ।

राष्ट्रिय खेलकुद परिषदको सहयोग र नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप टी(ट्वान्टी राष्ट्रिय प्रतियोगिता सुरुरु भएको हो ।

प्रतियोगितामा ७ वटा प्रदेश र तीन वटा विभागीय गरि १० टोली सहभागी छन्। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर(१ छन्। समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश(२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्।

समूह चरणमा सबै टिमले आपसमा खेल खेलेपछि दुवै समूहको उत्कृष्ट दुई टिम सेमिफाइनल पुग्नेछन्।