पुस २७ गतेदेखि सबै विद्यालय विदा
January 10, 2022

सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालयहरुमा पठन पाठन बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमण बढ्दै गएकाले बिद्यार्थीहरुलाई संक्रमणबाट बचाउँन बिद्यालय बन्दको निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी गराउनु भएको छ ।

विद्यार्थीलाई वैकल्पिक सिकाइमार्फत पठन पाठन जारी राख्न समेत मन्त्रालयले विद्यालयहरुलाई निर्देशन दिएको छ ।

‘विदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउनू भन्ने कुरा बिज्ञप्तिमा उल्लेख छ ।

विश्वविद्यालयहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गरी जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न निर्देशन दिईएको छ ।