नेपालमा पनि ब्यापक भयो ओमिक्रोन, कसलाई बढी खतरा ?
January 9, 2022

दक्षिण अफ्रिकाबाट शुरु भएको कोरोनाको ओमिक्रोन संस्करणले नेपालमा पनि ब्यापक संक्रमण फैलाउने खतरा बढेको छ । ओमिक्रोन संक्रमण दिनदिनै बढ्न थालेपछि सरकारीदखि जनस्तरसम्ममा चिन्ता बढाईदिएको पाईृएको छ ।

पुस २५ गते देशभर एक हजार जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएपछि तेस्रो लहरको संकेत देखिएको बताईन्छ । स्वास्थ्यकर्मीहरुले जनस्तरमा ब्यापक रुपमा ओमिक्रोन फैलिएको हुनसक्ने तर परीक्षणको कमीले वास्तविक तथ्यांक बाहिर आउन नसकेको हुनसक्ने बताइृएको छ ।

विदेशबाट आउनेहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि हुनुलाई स्वभाविक रुपमा लिइृए पनि स्वदेशमै रहेकाहरुमा पनि यसको सक्रमण बढ्नु चिन्ताको बिषय हो । सरकारले उपचारका लागि पर्याप्त तयारी गर्नुका साथै जनस्तरमा पनि पर्याप्त सावधानी अपनाउनुपर्ने आबश्यकता देखिएको छ ।

ओमिक्रोन बढी संक्रामक हो यद्यपी डेल्टा भन्दा कम आतक भएकाले ठूलो मानवीय क्षति नहुने आशा गरिएको छ ।