सम्बन्धीत समाचार
पूर्वपश्चिम राजमार्गको दाङ देउखुरी खण्डमा पुस २५ गते बस दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् ।
पर्साको वीरगञ्जबाट यात्रु लिएर सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला क्षेत्रमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएकाहरुको सामान्य उपचारपछि घर पठाईएको छ ।
तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।